तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
२०८३ साउन ३ गते

दाङ । तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ ।
उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षा चौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो ।
यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण भएको छ ।
गत आवमा नै व्यवस्थित हाटबजार स्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ ।
२०८३ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








