स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । एआइएनले स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि मन्त्रालयलाई एकमुष्ट रुपमा सो मूल्य बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको हो ।

एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको संस्थाले जनाएको छ । उक्त सामाग्री बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एआइएनको पहलका लागि आभार प्रकट गेका छन् । उनले भने, ,‘मेडिकल सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको संकटको समयमा गैरसरकारी संस्थाहरुको सहयोग साँच्चिकै प्रशंसायोग्य छ । यी सामग्रीहरुलाई प्रदेश र जिल्लाहरुमा पुर्‍याउन मन्त्रालयसँग समन्वय गर्न म सबै संस्थाहरुलाई आग्रह गर्दछु ।’

यस्तै, एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले भने, ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालिन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघसंस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नुपर्ने समय हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *