लकडाउनमा घोडासँग मस्ती गर्दै ज्याकलिन (फोटो फिचर)

एजेन्सी । बलिउडकि चर्चित नायिका ज्याकलिन फर्नान्डेज प्राय चर्चामा रहिरहन्छिन् । उनि फेरी पनि बोल्ड तस्विरका कारण चर्चमा आएकी छन् ।

केही समय अगाडी श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएर चर्चामा आएकी सुन्दरी ज्याकलिन अहिले भने घोडासँग फोटो खिचाएर चर्चामा छिन्।

लकडाउनका बेला ज्याकलिनले घोडासँग मस्ती गर्दै खिचाएको तस्विरलाइ उनका फ्यानहरूले रूचाएका छन् । केहि दिन अघि पोष्ट गरिएको उनको तस्विरमा लाखौ लाइक र हजारौँ कमेन्ट आएका छन् ।

ज्याकलिन बलिउडमा अभिनय र सुन्दरता दुवैका कारण चर्चामा छिन् ।

१९८५ मा जन्मिएकी ज्याकलिन श्रीलंकन नागरिक हुन् । उनी सन् २००६ मा सम्पन्न मिस युनिभर्स श्रीलंका भएपछि चर्चामा आएकी हुन् । ज्याकलिनले २००९ मा बलिउडमा अलादिन मार्फत बलिउडमा पाइला राखेकी हुन् । त्यसपछि २०१० मा जाने कहाँ से आए है, हाउसफुल, २०११ मा मर्डर २, २०१२ मा हाउसफुल २, ०१३ मा रेस २, ०१४ मा सलमान खानसँग किक फिल्म आए । २०१५ मा ज्याकलिनका ४ फिल्म रिलिज हुँदा रोयले चर्चा पायो ।

त्यसपछि ज्याकलिन हाउसफुल ३, ढिसुम, जेन्टलमेन, जुडवा २, रेस ३ तथा साहोमा देखिइन् । पहिलो फिल्मबाटै आइफा अवार्ड पाउन सफल ज्याकलिनले अहिले सम्म एक दर्जनबढि अवार्ड प्राप्त गरिसकेकी छिन् ।

 तस्विरहरूः  ज्याकलिन फर्नान्डेजको फेसवुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *