यो बर्ष नबन्ने भयो ‘छक्का पञ्जा ४’ !

काठमाडौं । यो वर्ष ‘छक्का पञ्जा ४’ नबन्ने भएको छ । ‘छक्का पञ्जा ४’ को मिति यो वर्षको दशैंका लागि तय गरिएको थियो । बैशाखबाट छायाँकनमा जाने तयारीमा थियो चलचित्र टिम ।

तर कोरोना भाइरस (कोभिड १०) को जोखिमका कारण सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’ को चौँथो सिरिज निर्माण तत्कालका लागि स्थगित भएको हो । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले एक युट्युब च्यानलसँगको कुराकानीमा यो कुराको पुष्टि गरेका छन् ।

‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो । अब पनि नयाँ टिमसँग सहकार्य हुन सक्ने दीपकले बताएका छन् । ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *