‘आइएमई पे’ ले आज ६ बजे देखि ९ बजेसम्म फेसबुक लाइभमार्फत शन्देशसहितको सांगीतिक कार्यक्रम गर्दै

३० चैत, काठमाडौं । ‘आइएमई पे’ले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ सांगीतिक कार्यक्रम गरी सामाजिक शन्देश दिने भएको छ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ वर्ष २०७७ लाई स्वागत गर्नेछन् । भने मिस नेपाल २०१७ निकिता चन्दकले केही दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्नेछिन् ।

कार्यक्रम आज ६ बजेदेखि ९ बजेसम्म http://www.facebook.com/imepay/   र आइएमईको यूट्युव च्यानलमा निशूल्क उपलब्ध हुनेछ । यो कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =