अभिनेता इरफान खानको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा भर्ना

काठमाडौं । बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य के कारणले खराब भयो, किन आईसीयूमा भर्ना गरियो, यसबारेमा पुरा जानकारी दिइएको छैन । अस्पतालका मानिसहरुले पनि उनको स्वास्थ्य बिग्रिएको र आईसीयूमा भर्ना भएको मात्रै जानकारी दिएका छन् । यसबाहेक अन्य जानकारी दिन अस्वीकार गरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

इरफानको परिवारले पनि आधिकारिक रूपमा कुरा गर्न इन्कार गरेको छ । स्रोतका अनुसार पछिल्लो (२०१९) मा इरफान लण्डनबाट उपचार गरेर फर्किएपछि कोकिलाबेन अस्पतालका चिकित्सकहरुको रेखदेखमा नियमित ट्रिटमेन्ट गरिरहेका छन् ।

प्राप्त जानकारी अनुसार चलचित्र ‘अंग्रेजी मिडियम’ मा काम गर्ने समयमा पनि उनको स्वास्थ्य बिग्रिएको थियो । यस्तो अवस्थामा इरफानको रेष्टका लागि पुरै युनिटले शुट रोक्नु परेको थियो ।

केही दिनअघि इरफानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण इरफान उनको अन्तिम संस्कारमा जान पाएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *