नेकपाको सचिवालय बैठक बस्दै, टुंगिएला त वामदेवमाथिको विवाद ?

फागुन १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।   

राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयपछि नेकपामा सुरु भएको विवादमा बैठक केन्द्रित हुनेछ । गत बुधबारको बैठकले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि पार्टी भित्रको विवाद चुलिएको छ ।  

सोही विवाद हल गर्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्नेसम्मका निर्णय अघिल्लो बैठकले गरेपछि नेकपामा ध्रुविकरण सुरु भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =