कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण

फागुन १५, काठमाडौँ ।  सरकारले गत पुसमै संंचालन गर्ने भनिएको  कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाल आईपुग्ने भएको छ ।   

चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको रेल विभागमा माहानिर्देशक बलराम मिश्रले जानकारी दिए ।   

डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको यस रेलमा   पाँच वटा डिब्बा  रहेको छ भने यस रेलमा एकैचोटी १२ सय यात्रुले यात्रा गर्न सक्नेछन् । यस अघी नेपालमा कोइलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो ।   

रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग किनेको यस रेलको संचालनको जिम्मा सरकारले   सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई दिएको छ ।   

रेल नेपाल ल्याएको केही महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउने विभागका महानिर्देशक मिश्रले  रेल कहिलेबाट चल्न सुरु गर्छ भन्ने तय नभएको बताउँछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *