युएईको अबुधाबीमा १८ नेपालीसहित २४ जना कामदार बोकेको बस दुर्घटना, पाँचको मृत्यु
२०७६ माघ २ गते

माघ २, काठमाडौं । युएईको आबुधाबीमा २४ जना कामदार बोकेको सवारी दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ ।
नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृतक पनि नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचना भने भइनसकेको दूतावसले जनाएको छ ।
२४ जना मध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य श्रीलंका र अफ्रिकि मुुलुकका महिला कामदार रहेको बताइएको छ । बसमा सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावास श्रोतले जनाएको छ ।
घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








