म मुसलमान, मेरी श्रीमती हिन्दु र मेरा बच्चाहरुको धर्म हिन्दुस्तानः शाहरुख खान

माघ १४, भारत ।  बलिउड अभिनेता शाहरुख खानले एक टेलिभिजन कार्यक्रममा उनको घरमा धर्मबारे कहिले पनि कुनै चर्चा नहुने बताएका छन् । 

स्टार प्लसमा प्रशारण हुने एक डान्स रियालिटी शो डान्स प्लमा उनले भने, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु मुसलमानको केही पनि कुरा गरेका छैनौं । मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हुँ र मेरा सन्तान हिन्दुस्तान हुन् ।’ 

गत शनिबार राती प्रशारण भएको उक्त शोमा शाहरुख खान उपस्थित भएका थिए । कार्यक्रममा उनलाई एउटा प्रश्न सोधिएको थियो जसको जवाफमा उनले भनेका थिए, ‘म स्कूल जाँदा त्यहाँको फारममा धर्मबारे सोधिएको हुन्थ्यो । त्यो भर्नुपर्दथ्यो । मेरी छोरी सानी हुँदा उनले मलाई एकपटक हाम्रो धर्म के हो भनेर सोधिन् । मैले उनलाई हामी भारतीय हौं भनेँ किनभने कुनै पनि धर्म छैन र हुनु पनि हुँदैन । 

Related image

उनको यो बयानका लागि सोसल मिडियामा उनको निकै तारिफ भइरहेको छ । 

  

कतिले उनको बयानलाई देशलाई गौरवान्वित तुल्याउने वाक्य भनेका छन् भने कतिले नागरिकता संशोधन कानून (सीएए) र एनआरसीमा चुप बसेको भन्दै उनको विरोध पनि गरिरहेका छन् । 

नरेश नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘हामीलाई गर्व छ । हामी सबै भारतीय हौं र योभन्दा गर्वको कुरा कुनै हुनै सक्दैन ।’ 

शैलभ नामका अर्का ट्वीटर प्रयोगकर्ताले लेखे, ‘हिन्दुस्तानलाई शाहरुख खानले निकै राम्रोसँग अर्थ्याए ।’ 

पूर्वीले शाहरुख खानको बयानलाई ‘मन छुने कुरा’ बताएकी छिन् । 

भावनिधिले लेखिन्, ‘अहिलेसम्म मैले जे सुनेकी छु तीमध्ये यी केही वाक्य सबैभन्दा सुन्दर हुन् ।’ 

मानसी शर्माले लेखिन्, ‘आजको मुश्किल समयमा शाहरुख खानको बयानले आराम दिन्छ । भारतीय हुनुभन्दा राम्रो अरु केही पनि हुनसक्दैन ।  

एक व्यक्तिले यसै भिडियोको जवाफमा शाहरुख खानलाई सोधे, ‘त्यसो भए आफ्नो सन्तानको नाम मुसलमान किन राख्यौ ?’ यसको जवाफमा अर्का ट्वीटर प्रयोगकर्ताले लेखे, ‘सुहाना मुस्लिम नाम हो । आर्यन हिन्दु नाम हो र अबराम अब्दुल्लाह र रामको नाम जोडेर बनाइएको नाम हो ।’ 

यसमा रानी नामकी अर्की ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘बच्चाको नाम यस्तो राखिएको छ जसले दुई धर्मलाई मिलाउँछ ।’ 

  

  

अंकुर अग्रवाल लेख्छन्, ‘शाहरुख भारतको गौरव हुन् तर सिएए र एनआसीको विषयमा भइरहेको विरोधमा उनी मौन छन् । जब उनी ट्वीटरमा मानिसहरुको प्रश्नको जवाफ दिइरहेका थिए र मानिसहरुले यसबारे  पनि सोधे तर उनले मौन बस्नु नै ठिक ठाने ।’ 

इशाक सिद्दिकीले लेखे, ‘यो राम्रो हो कि तपाईंले केही नभनीकनै एनआरसीको मुद्दाबारे प्रकाश पार्नुभयो । बोल्ने, नबोल्ने त्यो तपाईंको इच्छा हो । तर यसले फाइदा हुनेछ र जनतासमक्ष सिएए, एनआरसीको वास्तविकता आउने नै छ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =