फेरि रिसाए सलमान आफ्ना फ्यानसँग, खोसे फ्यानका फोन
२०७६ माघ १५ गते

माघ १५, काठमाडाैँ । । मंगलबार बलिउड सलमान खान फेरी आफ्ना फ्यानसँग रिसाएका छन् । उनले रिसाएर फ्यानका मोबाइल समेत खोसी दिएका छन् ।
चलचित्र ‘राधे’ को सुटिङपछी गोवाबाट फर्केका सलमानलाई एयरपोर्ट उन एक फ्यानले उनीसँग सेल्फी खिच्न खोजेपछी उनले रिसाएर उनको मोवाइल नै खोसेर एयरपोर्टबाट बाहिर निस्किए ।
सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

अहिले उनको यस भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ । सलमानले आफ्नो फ्यानलाई यस्तो व्यवहार गर्नु यो पहिलो घटना भने होईन् । यस अघी पनि उनले आफ्ना थुप्रै फ्यानको यसरी नै मोवाईल खोसेर रिस देखाएका छन् ।
यस घटनाले यो अनुमान लगान सकिन्छ की सलमानले अनुमती विना कसैले पनी आफ्नो भिडियो या फोटो खिचेको मन पराउँदैनन् ।
२०७६ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








