जब ५० वर्षे जेनिफर डिप नेक आउटफिटमा आउँदा

पुस ४, काठमाडौं । अभिनय र सुन्तरताका कारण हलिउड अभिनेत्री जेनिफर लोपेज चर्चामा रहन्छिन् । उनको अभिनय र बोल्ड लुक्सले सामाजिक सञ्जाल र मिडियामा राम्रै स्थान पाइरहेका छन् ।   

हालै लन्डनमा आयोजित फिल्म क्रिटिक्स एसोसिएसन अवार्डमा जेनिफरको पहिरन र बोल्ड लुक्सले पुनः सबैको ध्यानाकर्षण भयो । नीलो रङको डिप नेक आउटफिटमा रेड कार्पेटमा आइपुगेकी यी ५० वर्षे सुन्दरीको यो लुक्क एकाएक भाइरल भयो । 

लभ लाइफका कारण पनि चर्चामा आइरहने जेनिफरलाई उक्त पहिरनले भर्खरैकी तरुनी बनाइदिएको थियो । 

खुला कपालको साथमा देखिएकी उनले सबैको ध्यान आफूतिर तानिन् । उनको यो लुक फोटोग्राफरको नजरमा मात्रै परेन, सोसल मिडियामा हावासरी फैलियो । उनले केही दिनपहिले पूर्वबेसबल खेलाडी एलेक्स रोड्रिग्जसँग इन्गेजमेन्ट गरेकी छन् । अहिले यो जोडी डेटिङमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =