धनुषामा जिप र मोटरसाइकल ठोक्किँदा दम्पतिको मृत्यु

माघ १५, जनकपुरधाम ।  बुधबार धनुषामा  बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको जिप  एक आपसमा ठोक्किँदा  एक दम्पतिको मृत्युको मृत्यु भएको छ ।   

धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार दम्पतिको घटनास्थलमै  मृत्युको भएको हो ।   

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनको  ४० वर्षीया श्रीमती प्रमिला साहको मृत्यु भएको छ भने उनीहरुको ९ बर्षिय छोरा  जोन साह घाइते भएका छन् ।   

Image result for मोटरसाइकल ठोक्किँदा

घाइते बालकलाई उपचारका लागि समर अस्पताल गोदार लगिएको छ भने घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =