बलिउड सोनमलाई गरे ड्राइभरले डरलाग्दो व्यवहार

माघ २, काठमाडौँ ।  बलिउड  अभिनेत्री सोनम कपूरलाई एक ड्राइभरले डरलाग्दो व्यवहार गरेको खबर सार्वजनिक भएको छ ।   

अभिनेत्री सोनमले सामाजिक संजाल ट्विटरमार्फत आफूमाथी एक ट्याक्सी ड्राइभरले डरलाग्दो व्यवहार गरेको कुरा सार्वजनिक गरेकी हुन् ।   

प्रेमी व्यवसायी आनन्द आहुजासँग सन् २०१८ मा विवाह गरी हाल  लण्डनमा बस्दै आईरहेकी सोनमले उक्त कुराको जानकारी गराउँदै सबैलाई सर्तक रहन आग्रह समेत गरेकी छिन् । 

Related image

उनले  ट्विटरमा लेखेकी छिन् , ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस् । सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ ’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *