उपत्यकाका प्रहरी कार्यालयमा नागरिक सहजकर्ता सेवाको सुरूवात

माघ ८, काठमाडाैँ । महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागी बुधवार देखिनै नागरिक सहजकर्ता सेवाको सुरूवात गरीएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् ।   

प्रहरीले दिने सेवा सहज, सरल, मर्या्दित, समान, निश्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यका स्थित हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याज लगाई कार्यालयको गेटमा नागरिकहरूलाई  सेवादिने गरि बस्ने व्यवस्था सुरू गरिएको हो ।   

 बिभिन्न प्रहरी कार्यालयहरूबाट उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिदैँ भने  हामी अन्यायमा पर्नेको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागी आउने जो कोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निश्पक्ष र छिटो छरितो हुनु पर्छ  ।  कार्यलयमा आएका सेवाग्राहीहरूले न्यायको लागि म संग राज्य, सरकार, प्रहरी संगठन छ भन्ने अनुभुत गर्ने गरि बोली बचन र सहयोगी भावना सहितको सेवा दिन निर्देशन दिए ।   

नगरिकलाई परेको पिर मर्का आफुलाई नै परेको सरह सम्झी बिभिन्न समुदाय, वर्ग, क्षेत्र, जातजाती जहाँबाट आएको भएपनि उनिहरूको मानमर्यादा प्रतिष्ठा, समाजिक र पारिवारीक अवस्थालाई ख्याल नगरिकन सबैलाई उच्च सम्मान र मर्यदाका साथ जो जुन काममा आएका हुन उनीहरुलाई नागरिक सहजकर्ताले  सम्बन्धित  कर्मचारी र शाखा समक्ष पुर्याउन सहयोग गर्ने पोखरेलले बताए ।  सेवा प्रवाहमा उच्चताका साथ काम गर्न निर्देशन दिदैँ  कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तीका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा  सम्बन्धित कर्मचारी जिम्मरवार हुने उनको भनाई थियो ।   

नागरिक सहजकर्ताको सेवा आजैबाट पहिलो चरणमा ३ वटै  महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर ,अपराध महाशाखा र परिसर मातहतका सवै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको  छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *