अजयकाे ‘तानाजी’ ले कमायाे १०० करोड

माघ २, भारत ।  बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियार’ १०० करोड क्लबमा प्रवेश गरेको छ । गत शुक्रबारदेखि प्रर्दशनरत फिल्मले छैटौं दिनमै १ सय करोड क्लबमा प्रवेश गरेको हो । यो फिल्म अजयको १०० औं फिल्म हो । 

यो फिल्मले शुक्रबार १५ करोड १० लाखमा ओपनिङ्ग गरेको थियो । त्यस्तै शनिबार २० करोड ५७ लाख, आइतबार २६ करोड २६ लाख, सोमबार १३ करोड ७५ लाख, मंगलबार १५ करोड २८ लाख र बुधबार १६ करोड ७२ लाख घरेलु बक्स अफिसमा जम्मा गर्दै १०७ करोड ६८ लाख कलेक्सन गरेको छ । यो फिल्मलाई दर्शकको साथै फिल्म समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । 

त्यस्तै, दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ले हालसम्म २३ करोड ९२ लाख कलेक्सन गरेको छ । ४ करोड ७७ लाखमा ओपनिङ्ग गरेको फिल्मले शनिबार ६ करोड ९० लाख, आइतबार ७ करोड ३५ लाख, सोमबार २ करोड ३५ लाख र मंगलबार २ करोड ५५ लाख कलेक्सन गरेको छ । 

Image result for ‘तानाजीः

ओम राउतले निर्देशन गरेको फिल्म तानाजीमा अजय देवगनसँग काजोल र सैफ अली खानको मुख्य भुमिका रहेको छ । मेघना गुलजारले निर्देशन गरेको फिल्म छपाकमा दीपिकासँगै विक्रान्त मेसीको मुख्य भुमिका रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *