वेपत्ता र सत्य निरुपण आयोगको म्याद थप
माघ १६, काठमाडौ । सरकारले वेपत्ता परिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गरेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले ती दुई आयोगको म्याद पुनः एक वर्ष थप गरेको हो । यी आयोगको म्याद आउँदो चैत मसान्तमा सकिँदै छ ।
यसैगरी बैठकले सैनिक ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृती दिएको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रका व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई एक वर्षको म्याद थप गरेको छ ।
त्यस्तै बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ ।
त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित लगाएत १७ वटा निर्णय गरिएको छ ।
यस्तो छ मन्त्रिपरिषदले गरेका १७ निर्णय :