लक्का जवान’को शिर्ष गीत सार्वजनिकः सिने कलाकारको संयुक्त नृत्य

माघ २, काठमाडौँ । दर्जन बढी सिने कलाकारहरुको संयुक्त नृत्य रहेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक भएको छ ।   

 शिवहरी पौडेलले निर्देशनको निर्देशनमा बनेको चलचित्रको यस गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर छ, भने भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । 

गीतको भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, बर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल लगायत कलाकारहरुको नृत्य छ । निर्देशककै , कथा र पटकथा एवं संवाद रहेको यस चलचित्रमा  ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति रहेको छ ।   

Image result for लक्का जवान’को शिर्ष गीत

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्र ‘लक्का जवान’मा सह निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत रहेका छन् ।  गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । 

कमेडी बिषय बस्तु समेटिएर बनाईएको यस चलचित्रको प्रदर्शन मिती भने चैत २१ गते तय भएको छ ।   

https://youtu.be/PrSgzNNBSug 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =