यो जनावर, जसले फैलायो चीनमा कोरोना भाइरस

माघ १६, काठमाडौं । चीनमा कोरोना भाइरसको प्रकोपको प्रमुख कारण चमेरोको सूपको उपभोग तथा खानपान भएको बताइएको छ । यसबाहेक अरु जनावरहरु पनि छन्, जुन यो भाइरसको बुवा हो भन्ने विश्वास गरिन्छ ।   

जसरी रेविजको भाइरसको जिम्मेवार कुकुरलाई मानिन्छ ठिक त्यस्तै कोरोना भाइरस फैलनुलाई जंगली जनावरहरुलाई जिम्मेवार मानिन्छ । यसमा अहिलेसम्म सबैभन्दा ठुलो भूमिका चमेरोको रहेको मानिन्छ ।   

चीनमा कयौँ किसिमका पशुपंक्षी खाने गरिन्छ । बुसानसहित दोस्रो बजारमा समेत विभिन्न पशुपंक्षीजन्य परिकार तथा शब्जी खरिद गर्न सहज छ ।  

द सनको एक भिडियोबाट यी कुराको कहीँ न कहीँ बल पनि मिलेको छ । उक्त भिडियोमा चमेराको शुप खाइरहेकी एक महिला देखाइएको छ । उक्त चमेरो गाढा कालो रंगको देखिन्छ ।   

वुहान (जहाँबाट कोरोना भाइरस फैलिएको थियो) मा चमेरोको शुप एक लोकप्रिय खाना हो ।   

केही दिन पहिले आई डब्ल्यूएचओको रिपोर्टमा सो भाइरस सर्प र चमेराको माध्यमबाट फैलिने कुरा भनिएको थियो ।   

कोरोना भाइरस एक किसिमको किटाणु अथवा जम्र्स हो जसले बिमारी उत्पादन गर्छ । चमेरा १८ प्रजातिका छन् । तीमध्ये केही चमेराको प्रजाति मानिसहरुको वरिपरि पनि रहन्छ भने कुनै जंगली क्षेत्रमा रहन्छ । कयौँ पटक ती चमेरालाई मानिसहरु समाउँछन् र बजारमा ल्याएर बेच्छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *