आज बुधबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

मंसिर २५, काठमाडाैं । वि.सं. २०७६ मंसिर २५। बुधबार। इ.स. २०१९ डिसेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य। करण– वणिज, १०:५४ बजेदेखि भद्रा, २३:०२ बजेउप्रान्त वव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध। नुवाकोट दुप्चेश्वरमा 

तपाईँको आजको राशिफल 

मेष 

null

आज सफल यात्राको योग छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । 

वृष 

सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । 

मिथुन 

मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । 

कर्कट 

वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 

सिंह 

आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । 

कन्या 

रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । 

तुला 

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी छाउला । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक विवाद बढ्नेछ । 

वृश्चिक 

विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बहुमुल्य वस्तु हात पर्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । 

धनु 

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । भूमि लाभ रहला । 

मकर 

आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । 

कुम्भ 

सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । 

मीन 

आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *