‘फनफनी भन्दै धुर्मुसले लगाए सुन्तलीसँग ठुम्का (भिडियाे सहित)

पुस ४, काठमाडौँ । कलाकार सिताराम कट्टेल तथा कुञ्जना घिमिरे  (धुर्मुस सुन्तली) द्वारा अभिनित चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गित सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको  ‘फनफनी’ बोलको उक्त गीतमा धुर्मुसले सुन्तलीसँग मज्जाले ठुम्का लागएका छन् । तीन मिनेट भन्दा लामो सो गीतमा धुर्मुसले सुन्तलीसँगै दयाहाङ राई,  अञ्जली अधिकारी, विल्सन विक्रम राई र बुद्धि तामाङ लगायतको कलाकारकाे नृत्य देख्न पाइन्छ ।  

धुर्मुस सुन्तलीले निर्माण गरेको  ‘सेन्टी भाइरस’को उक्त गीतमा कालिप्रसाद बाँस्कोटा र  मेलिना राईको अवाज रहेको छ भने संगित शंकर थापा स्माइलले भरेका छन् ।   

Image result for धुर्मुस’ र ‘सुन्तली’ यस्तो ‘फनफनी’

शंकर विसीले कोरियोग्राफी गरेको सो गीतमा डिपी खनालको शब्द रहेको छ ।   

२ करोडको लागतमा तयार पारिएको यस चलचित्रलाई  रामबाबु गुरुङले निदेर्शन गरेका हुन् ।  सुबिहानी फिल्म्सको प्रस्तुतिमा रहेको फिल्ममा दिन्दु लामा याल्मोको लगानी रहेको छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेको हुन् भने  निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।   

https://youtu.be/xv5_uD2A4YM 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *