पिपिएलः चितवनको लगातार तेस्रो जित, तीनै पटक हार्यो पोखरा

पुस ४, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखराको लगातार तेस्रो हार हुँदा बुटवल ब्लास्टर्सले दोस्रो जित निकालेको छ । 

पोखरामा शुक्रबार साविक विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जित निकालेको हो । 

पोखरा रंगशालामा घरेलु टोलीले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । 

बुटवलका लागि अफ्ताबुद्दीन अहमेदले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शंकर रानाले १९ तथा भीम सार्कीले अविजित १६ रन बनाए । 

पोखराका रशिद खान र प्रथामेस डाकेले १–१ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । 

पोखराका लागि रबि इन्दर सिंहले अविजित ४५ रन बनाए । प्रथामेस डाकेले अविजित २० रन जोड्दा रोहित कुमार पौडेलले १९ रन बनाए । इशान पाण्डेले १३ रन जोडे । बुटवलका हर्स टोकले २ विकेट लिए । 

जितसँगै बुटवल ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

पोखराको यो लगातार तेस्रो हार हो । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । 

त्यस्तै आजै भएको दोस्रो खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीलाई ५२ रनले हराएको छ।   

१८२ रनको विजय लक्ष्य पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो। 

धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए। त्यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ र अमित यादवले अभिजित १७ रनको योगदान गरे। धनगढीका अन्य ब्याट्सम्यान चितवनका बलरका अगाडि धेरै समय क्रिजमा टिक्न सकेनन्। 

धनगढीलाई सस्तैमा समेट्न भुवन कार्कीले ३ तथा करन केसीले र सन्नी पटेलले समान २ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले सर्वाधिक ४७ रन बनाउँदै अभिजित रहे। चितवनको जितमा बाबर हायतले ३६ रन, सन्नी पटेलले अभिजित ३२ रन, पारस खड्काले २३ र अनिल साहले १९ रनको योगदान रह्यो। 

यता बुटवलका लागि दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान २ तथा अमित यादवले १ विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *