नेपालमा ४५० भन्दा बढि निशान किक्स बिक्री

पौष ८, काठमाडौँ । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपाल भरी ४५० भन्दा बढि निशान किक्स बिक्री गरेको छ ।   

यसैको  अवसरमा निशान किक्सले आफ्ना ग्राहकहरुलाई बिषेश लाभ सहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली बजारमा भित्रीएको केहि महिनामै ग्राहकहरुको मन र बिश्वास जित्न सफल भएको हो।   

किक्सले सम्पूर्ण ग्राहकलाई  आकर्षक अफरहरु समत ल्याएको छ । यो अफर मार्फत ग्राहकले लगभग रु ४,५०,००० बराबरको लाभहरू पाउन सक्नेछन्।  यसै अन्तर्गत मुख्यत रु २,५०,००० सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ ९१२८ जी.बि. पाउन सक्नेछन् ।। 

अन्य उपहार स्वरुप ग्राहकहले (Bosch High Pressure washer), एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निः शुल्क गाडी सरभिसिंगको सुविधा पाउन सक्नेछन् । यस योजनाका केहि शर्तहरु भने लागू हुने बताइएकाे छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *