गायक तुलसी सिवाकोटीको ‘हे माया’ सार्वजनिक (भिडियोसहित)

मंसिर १५, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।   

शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के। घिसिङले गरेका छन् ।   

सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । 

Screenshot_5.jpg

बिगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रवासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी ।   

प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन ।   

प्रवासको बसाइँ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिइरहेका छन् । 

दुई दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’, ‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन् ।   

पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।   

हेर्नुहोस् भिडियोः 

https://youtu.be/-oI2rPMctSI 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *