ब्वाइज फुटबलमा मल्पी सेमिफाइनलमा

मंसिर १, काठमाडौं । मल्पी २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । 

मल्पीले सेन्ट जेभियर्सलाई २–१ गोलले पराजित ग¥यो । मल्पीसँगै बूढानीलकण्ठ, लोयल्टी र लिटिल एन्जल्स (एलए) पनि सेमिफाइनलमा पुगे । 

ब्वाइज बास्केटबलमा निर्मलले आयोजक ज्ञानोदयलाई ६६–३५ तथा एलएले एसलाई ५०–३२ ले हराए । गल्र्स बास्केटबलमा एलआरआईले त्रिज्योतिलाई ३७–९ तथा एलएले निर्मललाई २०–५ ले पाखा लगाए । 

null

नेटबलमा रिलायन्स इन्टरनेसनल एकेडेमीले त्रिज्योतिलाई १८–६, हिमालयनले ज्ञानोदयलाई २१–१८, मंगलदीपले भानुभक्तलाई २९–२६ र मल्पीले रिलायन्सलाई ३३–१८ ले पन्छाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *