पशुपतिनाथ मन्दिरमा सचिन तेन्दुलकर
२०७६ मंसिर १ गते

मंसिर १, काठमाडौं । भारतका सर्वाधिक सफल क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका छन् । नेपाल भ्रमणमा रहेका सचिनले आज (आइतबार) पशुपतिनाथ मन्दिरमा पुगेर करिब आधा घण्टा विशेष पूजाआजा गरेका हुन् ।
गएको शुक्रबार राति नेपाल आएका सचिनले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अवलोकन गरेका थिए । उनले त्यहाँ बालबालिकाहरुसँग क्रिकेट समेत खेलका थिए । युनिसेफको आयोजनामा कीर्तिपुर मैदानमा भएको खेलमा सचिनको टिमले विनोद दासको टिमलाई पराजित गरेको थियो ।
बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल स्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

२०७६ मंसिर १ गते
प्रतिक्रिया








