मिर्गौलामा पत्थरी किन हुन्छ ? लक्षणसहित
कात्तिक १, काठमाडौँ । मानिसहरुमा मिर्गौला सम्बन्धि विभिन्न रोग लाग्ने गर्दछ । त्यसमध्ये एक हो पत्थरी । मिर्गौलाको पत्थरी ५ देखि १० प्रतिशत मानिसलाई लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । सामान्यतया मिर्गौलाको पत्थरी पुरुषलाईभन्दा महिलाहरुलाई बढी हुने गर्दछ ।
मिर्गौलामा पत्थरी हुने कारण
जनकारहरुका अनुसार विशेषगरी गर्मी ठाउँमा बस्ने मानिसहरुलाई मिर्गौलाको पत्थरी बढी मात्रामा हुने गरेको पाइएको छ ।
null
श्रोतहरुका अनुसार दक्षिण एसिया तथा खाडी मुलुकमा यसका बिरामी बढी हुने गरेका छन् । पिसाबको संक्रमण हुने मानिसलाई पनि मिर्गौलाको पत्थरी हुने गरेको चिकित्सकहरु बताउँछन् ।
विशेष गरी महिलामा पिसाबको संक्रमण बढी हुने भएकाले महिलाहरुमा मिर्गौलाको पत्थरी हुने गरेको हो । त्यसैगरी कम पानी पिउनु पनि मिर्गौला पत्थरीको अर्को कारण हो भने धरै पसिना आउनेहरुमा पनि यो रोग लाग्ने सम्भावना रहेको हुन्छ ।
कतिपयलाई भने वंशाणुगत गुनका अधारमा पनि यो रोग लाग्ने गर्दछ । यदी कसैको पुर्खामा मिर्गौलाको पत्थरी भएको छ भने उसको सन्तानमा पनि मिर्गौलाको रोग लाग्ने सम्भावना रहेको हुन्छ ।
मर्गौलामा पत्थरी हुँदाको लक्षण
१. कोखा तथा तल्लो पेट दुख्ने
२. कामज्वरो आउने
३. पिसाब कम आउने या बन्द हुने
मिर्गौलामा पत्थरीको उपचार
चिकित्सकका अनुसार सबै पत्थरीको उपचार गर्नै पर्छ भन्ने छैन। पत्थरीको किसिम, आकार, मिर्गौलाको अवस्थाका आधारमा चिकित्सकले निर्णय लिन्छन्।
ढुङ्गा रहेको भाग (मिर्गौला, नली, पिसाबथैली), ढुङ्गाको कडापना आदिमा यसको उपचार निर्भर हुने गरेको चिकित्सकहरुको भनाई छ ।
औषधि सेवनले नभएको खण्डमा शल्यक्रिया गरेर पत्थरी हटाउनुपर्छ ।