बजेटको खटपटपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच डेढघण्टा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दाहाल र ओलीबीच दिउँसो साढे १ बजेदेखि डेढ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक भएपछि अध्यक्ष ओलीले बजेटप्रति आलोचना गरिरहेका बेला दुई नेता छलफलमा जुटेका हुन्।

आजै संवैधानिक परिषद्‍को बैठक बसेर निर्वाचन आयुक्तमा कृष्णमान प्र्रधानलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। त्यसअघि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएपनि उनीहरुबिच अन्य विषयमा पनि छलफल भएको अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एमालेले संसददेखि सडकसम्म खुलेर विरोध गरिरहेको छ। सत्ताभित्र खटपट बढ्दै जाँदा दुई नेता छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *