उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न
२०७६ असोज ९ गते

असोज ९, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले हालै दर्ता भएका २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो ।
२०७४ सालमा निर्वाचनपछि विभिन्न कारण रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई चुनाव चिह्न पाएका हुन्।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिह्न दिएको जनाएको छ ।
२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








