उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जाँदै
२०८३ असार ३० गते

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् ।
उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा उनले मङ्गलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन् । उनी यही असार ३२ गते स्वदेश फर्किने तालिका छ ।
२०८३ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








