विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त, सन्तानको शिक्षामा सहयोग गर्ने
२०८३ असार ३० गते

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
थापाले सोमबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै मण्डलको उपचारका क्रममा निधन भएको खबरले आफू अत्यन्त मर्माहत बनेको बताएका छन् ।
उनले स्वर्गीय मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, यस अपूरणीय क्षतिको पीडा सहन परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन् ।
थापाले यस कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन् ।
२०८३ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








