खैरहनीमा ऐतिहासिक रुपमा मनाइयो संविधान दिवस (फोटो फिचर)

असोज ३, चितवन । खैरहनी नगरपालिकाले संविधान दिवस भव्य रुपमा मनाएको छ । हजारौँको उपस्थितीमा प्रभातफेरी निकाली कोण सभा गरि खैरहनीमा संविधान दिवस मनाइएको हो ।   

खैरहनी नगरपालिकाको नेतृत्वमा नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, टोल विकास संस्थाहरु, युवा क्लवहरु, जनप्रतिनिधीहरु, नगरपालिकाका कर्मचारीहरु, आमा समुह, भजन समुह, विभिन्न जातजातिहरुले आ–आफ्नो पहिचान र संस्कृति झल्कने झाँकीसहितको प्रभातफेरी निकालेका थिए ।   

खैरहनी नगरपालिकाबाट सुरु भई पुरानो पर्सा, मगनीचोक, नयाँ पर्सा, चैनपुर हुँदै खैरहनी माध्यमिक विद्यालयको चौरमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभामा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी, नेकपाका नेता कमलराज पाठक र नेपाली कांग्रेस नगर सभापति शशिकुमार खनियाँ लगायतले सम्बोधन गरेका थिए ।   

कोण सभालाई सम्बोधन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले राष्ट्रियता जोगाउन संविधान कार्यान्वयन गर्नुपर्ने बताए । राष्ट्रियता जोगाउनकै लागि खैरहनीमा आयोजना गरिएको प्रभातफेरीमा नगरवासीको उपस्थितीले राम्रो सन्देश दिएको मेयर चौधरीको दावी छ ।   

  

नेकपाका नेता कमलराज पाठकले संविधानमा कोही कसैको भावना छुटेको भए संशोधन गर्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस नगर सभापति खनियाँले संविधानले विभिन्न जातजाति, धर्म, संस्कृति लगायत सबै पक्षलाई सम्बोधन गरेको भन्दै यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *