थाहा पाउँनुस् मानव मस्तिष्कबारे केही राेचक तथ्य

असाेज ७ । मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक “कवच”हरु हुन्छन जसलाई “मेनिञ्जेस” भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरुलाई निर्देशन दिन र अन्य अंगहरुसंग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। 

मस्तिष्कबाट निस्कने नसाहरुलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरुलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरुलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरुबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरुमा जानकारी लग्ने नसाहरुलाई इफरेन्ट भनिन्छ। 

मानव मस्तिष्कको बारेमा केहि रोचक तथ्य 

Image result for मानव मस्तिष्क

१. मानिसको मस्तिष्कको तौल शरिरको जम्मा तौलको दुई प्रतिशत हुन्छ तर यसले बिस प्रतिशत शक्ति र अक्सिजन प्रयोग गर्छ । 

२. मानिसको मस्तिष्कमा ७३ प्रतिशत पानी रहेको हुन्छ । तपाइको ध्यान, सम्झिन सक्ने क्षमता र अन्य संज्ञानात्मक क्षमताहरूलाई असर गर्न २ प्रतिशत पानीको प्रयोग हुन्छ । 

३. अक्सिजन बिना ५ मिनेटमा मस्तिष्कको क्षति हुन सक्छ । 

४. शिशुहरूको ठुलो टाउकोले मस्तिष्कको छिटो व्रिद्धिलाइ रोक्छ । शिशुहरुको दुई वर्षको हुदाको मस्तिष्क भनेको वयस्क भएपछिको मस्तिष्कको ८० प्रतिशत हो । 

५. मानिसको मस्तिष्कले २०-२५ वाट बिजुली उत्पादन गर्न सक्छ । जुन कम वाटको एलईडि लाइटको लागि प्रसस्त हुन्छ । 

६. एउटा साधारण मस्तिष्कले एक दिनमा ५०,००० विचारहरू उत्पादन गर्न सक्छ । त्यस मध्य ७० प्रतिसत विचारहरु नकरात्मक हुन्छन । 

७. सामन्यतया , केटाहरुको तुलनामा केटिहरुको मस्तिष्क १० प्रतिसत सानो हुन्छ । 

८. मानव मस्तिष्कलाइ अहिलेको प्रबिधिहरु घडी, स्विचबोर्ड, कम्प्युटर, र इन्टरनेटसगँ तुलना गरिन्छ । 

९. मानव मस्तिष्कको भण्डारण क्षमता लगभग असीमित मानिन्छ । यो कम्प्युटरको RAM जस्तै प्रयोग गर्न मिल्छ । 

१०. मानव मस्तिष्क १० प्रतिसत मात्र प्रयोग हुन्छ भन्ने कुरा गलत हो । मस्तिष्क स्क्यानले देखाउछ कि हामीले धेरै भन्दा धेरै मस्तिष्कको प्रयोग गर्छै । 

११. मानिसको टाउकोमा भएको मस्तिष्कमात्र मस्तिष्क होइन । मानिसको आन्द्रामा अर्को अर्को एउटा मस्तिष्क हुन्छ जसमा १,००,००० न्युरोन हुन्छन । 

१२. मानब मस्तिष्कमा एक सेकेण्डमा 100,000 भन्दा बढि रसायन प्रतिक्रियाहरू हुन्छन्। 

१४. अल्बर्ट आइस्टाइनको मस्तिष्कको तौल १२३० ग्राम थियो । जुन औसत भन्दा १० प्रतिसत कम हो । तर पनि न्युरोनहरुको मात्रा औसत भन्दा बढि थियो । 

१५. मानव मस्तिष्क प्रतेक दिन सानो हुँदै गइरहेको छ । अबको १०-२०,००० वर्ष पछि साधारण मानिसको मस्तिष्क टेनिस बल जत्रै हुने छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *