रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी

काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । रवि पत्नीले इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको पुष्टि गरे । उनकाअनुसार जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

नेपाल आइडलबाट चम्किएर गायक बनेका ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *