राजेश पायल राई छुटे, मदिराले मातेका उनलाई प्रहरीले पक्रेको थियो

काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो-हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको हो । पक्राउ परेकाहरीलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *