विष्णुसँग वैशाखमा बिहे गर्दै एलिना

२०८० चैत १२ गते

काठमाडौं । अन्ततः गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन् ।
अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन् । वैशाख ५ गते विवाह तय भएको छ ।
दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन् ।
झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् ।
पछिल्लो समय यी दुईको ’ब्रेकअप’ को चर्चा समेत थियो ।

२०८० चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित