टेक्ससको राजधानी अस्टिनमा ‘काठमाडौं’ दोहरी साँझ खुल्दै

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा (KTM काठमाडौं) दोहरी साँझ खुल्ने भएको छ । विगत लामो समयदेखि अस्टिनमा बस्दै आएका चलचित्र निर्देशक एवम् पत्रकार डिबि रावतले दोहरी साँझ सञ्चालन गर्ने भएका हुन ।

लामो समयको बजार अध्ययनपछि मात्र आफू दोहरी साँझ रेष्टुरेन्ट खोल्ने निष्कर्षमा पुगेको उनले बताए । उनकाअनुसार अस्टिनमा नेपाली समाजको आवश्यकता अनुसारको नेपाली रेस्टुरेन्ट छैन ।

नेपालीहरूको जमघट, बिहे, व्रतबन्ध र बर्थडे लगायतका कार्यक्रमहरू गर्नको लागि अहिलेसम्म पनि उपयुक्त ठाउँ अभाव महसुस भईरहेको थियो । तर अब काठमाडौं दोहरी साँझले घरकै खर्चमा बिहे, व्रतबन्ध र बर्थडे जस्ता कार्यक्रममा पार्टी प्यालेसको सेवा दिने लक्ष राखेको सञ्चालक रावतको भनाई छ ।

अहिले लोक दोहोरीका लागि आवश्यक टिमको तयारी भईरहेको बताउँदै सञ्चालक रावतले बताए । ‘दोहरी गीत गाउन जान्ने इच्छुक कलाकारहरूलाई सम्पर्क राख्न आग्रह गर्छु,’ उनले भने, ‘साथै मादल, बाँसुरी, हार्मोनियम र अक्टोप्याड जस्ता वाद्यवादनका साधनहरू बनाउन सिपालु कलाकारहरूले पनि सम्पर्क सक्नुहुनेछ ।’

अस्टिनमा लोक दोहरी रेष्टुरेन्ट सञ्चालनमा आएपछि त्यहाँका नेपालीहरूको बिहे, व्रतबन्ध र बर्थडे जस्ता पार्टीहरूमा नेपाली लोक दोहरी कलाकारका साथमा मनाउन सक्ने भएका छन् । अब अस्टिन र अस्टिन वरपरका सिटीहरूका नेपालीहरूले नेपालमा जस्तै लोक दोहोरीको आनन्द लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *