अछाममा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

भदौ ३०, अछाम । अछामको एक गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार भएको छ ।  रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदमाथि आइतबार साँझ गोली प्रहार भएको हो ।   

साउद वडा नम्बर ३ मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेका बेला  गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट अध्यक्ष साउद घाइते भएका छन् । घाइते साउदलाई उपचारका लागि साँफेबगर लगिएको छ ।   

प्रहरीका अनुसार अध्यक्ष साउदमाथि गोली प्रहार गर्ने ३ जना भने फरार भएका छन् । गोली प्रहार गरेर भागेका उनीहरुलाई प्रहरीले लखेट्दा लखेट्दै कैलाश खोलामा हाम फालेर भागेको  र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु को हुन् र किन अध्यक्षमाथि गोली हानियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *