नेकपाका प्रमुख सचेतकको घरमा कसले गर्यो बम आक्रमण ?

साउन ३१ बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । 

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । 

राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए । नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन् । 

null

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *