चीनबाट कच्चा पदार्थ ल्याउँदा औषधिको मूल्य ४० प्रतिशत सस्तो

साउन २८, काठमाडौँ । नेपालको औषधि उद्योगले सोझै चीनबाट कञ्चापदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् । मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ । 

नेपालमा बर्सेनी ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ । 

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौँ । चीनबाट सिधा ल्याउन सके औषधि अत्याधिक सस्तो हुनेछ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *