बाढीपहिरोबारे गृहमन्त्रीः ‘खोलामा घर त बनाउनु भएन नि !’

 

असार २९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अहिलेको विपद् प्राकृतिक भन्दा पनि मानवनिर्मित भएको बताएका छन् । 

आइतबार बसेको संसदको राज्य व्यवस्था समितिमा भएको विपद्सम्बन्धी भएको छलफलमा मन्त्री थापाले यस्तो बताएका हुन् । जथाभावी विकास गर्ने, डाँडापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रवृतिले क्षति बढी गरेको उनको भनाइ छ । 

null

उनले भने, ‘बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो। तर यसको न्यूनीकरण गर्न सकिन्छ। तर हाम्रा निकायबीच समन्वय छैन । चुरे नांगिएको छ। खोलामा घर बनेका छन्। खोलामा घर त बनाउनु भएन नि’, 

विश्वव्यापी रुपमा बढेको तापक्रम बृद्धिको असर पनि यसमा देखिएको स्पष्ट पार्दै उनले प्रकोपपछिको राहत र उद्धारमा सरकारी संयन्त्र लागिपरेको बताए । 

‘पूर्व तयारीको सवालमा सरकारले ध्यान दिएको छ । अपुग भएको सत्य हो । आगामी दिनमा हामी सच्याएर अगाडि बढ्नेछौँ, विपद् व्यवस्थापन प्राधिकरण सरकारले तुरन्त गठन गर्नेछ’, गृहमन्त्रीले बैठकमा भने । 

यस्तै समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन सरकारलाई निर्देशन दिएको छ । बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन दिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *