‘भारतबाट आयातित तरकारीमा प्रचार गरिएजस्तो विषादी छैन’

 

असार २७, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षण सम्बन्धमा भारतले पठाएको पत्रबारे प्रधानमन्त्रीले ढिलो जानकारी पाएको दाबी गरेका छन् । 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई भारतीय पत्रबारे ढिलो मात्रै जानकारी दिइएको भन्दै आक्रोश पोखेका थिए । उनले यस्तो कार्य गर्नेलाई कारवाही समेत गर्ने घोषणा गरेका थिए । 

null

शुक्रबार बिहान बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री खनालले प्रधानमन्त्रीको पक्षमा यस्तो दाबी गरेका हुन् । 

‘परराष्ट«लाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो । तर प्रधानमन्त्रीलाई जानकारी गराइएको रहेनछ । म फर्केपछि मैँले कृषि मन्त्रालयमा पत्र भेँटे भने । त्यसपछि प्रधानमन्त्रीले समयमै आफूलाई जानकारी नभएका कारण लज्जाबोध भएको बताउनुभयो ।’ 

करिब एक घण्टा प्रयोगशालाको निरीक्षण गरेका उनले भारतबाट आयातित तरकारी तथा फलफुलमा प्रचार गरिएजस्तो विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पारे । 

उनले दैनिक तरकारी तथा फलफूलको विषादी परीक्षणको काम भइरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थिति नरहेको पनि बताए । 

जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै मन्त्री खनालले केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफुलको विषादी परीक्षणको काम भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *