भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा किन आए काठमाडौं ?

 

असार ३०, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको छोरा २९ वर्षिया निकोलस अर्नेस्टो मादुरो गुयरा काठमाडौं आएका छन् । 

त्यहाँको सत्तारुढ पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) कांग्रेसका सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी शनिबार काठमाडौं आइपुगेका हुन् । उनका साथमा भेनेजुएलाका तीन मन्त्री पनि छन् । 

null

त्यहाँको संविधानसभाका सदस्यसमेत रहेका अर्नेस्टो नेशनल फिल्म स्कुल अफ भेनेजुएलाका कोअर्डिनेटर तथा कप्र्स अफ स्पेशलन इन्सपेक्टर अफ प्रेसिडेन्सी (विशेष सैन्य टुकडी) का प्रमुख पनि हुन् । 

नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को युवा संगठन नेपाल युवा संघले मादुरोसहितको ११ सदस्यीय टोलीलाई नेपालमा स्वागत गरेको थियो । 

नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटाको पहलमा नेपाल आएका उनीहरु आइतबार टोली युवा संघले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा पनि सहभागी भएका थिए । सो टोलीले नेकपा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता समेत गरेका छन्। भेटवार्ताका क्रममा दुई देश र दुई पार्टीबीचको सम्बन्धको विषयमा छलफल भएको नेता बास्कोटाले जानकारी दिए । 

टोली मंगलबार स्वदेश फर्किँदैछ । उनीहरु अमेरिकाको नाकाबन्दी र नियतविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयासमा छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =