अछाम–कञ्चनपुर–कैलालीका स्थानीय तहमा विप्लवको ताला

असार २२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुदूरपश्चिमका अछाम, कञ्चनपुर र कैलाली जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा तालाबन्दी गरेको छ ।
विप्लव समूहले अछामका १२ वटा, कञ्चनपुरका ९ वटा र कैलालीको धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
null
यस्तै अछामका मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
तालाबन्दी गरेको स्थानबाट प्रहरीले विप्लवको पर्चा समेत फेला पारेको छ । पर्चामा संसदीय व्यवस्था अन्त्य र सरकार खारेजी लगायतका माग समावेश छन् ।
स्थानीय तहमा व्याप्त भ्रष्टाचार र पार्टीका कार्यकर्ताको धरपकडसँगै झूटो मुठभेडका नाममा हत्या गर्ने शृंखला बढाउँदै लगेकाले विरोधमा प्रथम चरणको घोषित कार्यक्रमअन्तर्गत तालाबन्दी गरिएको बताइएको छ ।
देशमा भ्रष्टाचार, महँगी, चर्को कर असुली व्याप्त रहेको उल्लेख गर्दै उनले सार्वजनिक विकासमा लगाउनुपर्ने रकम व्यक्तिगत मुनाफाका लागि दुरुपयोग गरिएकाले त्यसकाविरुद्ध आन्दोलन केन्द्रित रहेको बताए। दोश्रो चरणको कार्यक्रमअन्तर्गत स्थानीय तह खाली गर्ने कार्यक्रम तय गरिएको विप्लवका एक नेताले जानकारी दिए ।








