विषादी परीक्षणबारे प्रधानमन्त्रीः निर्णय गरिहालेँ, पूर्वाधार नै रहेनछ

 

असार २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परिक्षणको निर्णय कसैको दबावले नभई पूर्वाधार नभएकाले फिर्ता लिनु परेको बताएका छन् । 

शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

null

बैठकमा उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहै भएन । झ्याप्पै निर्णय गरेँ ।’ 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट पछि हटेको थियो । 

यस्तै प्रम ओलीले बाहिर–बाहिर सरकारको आलोचना गर्दै नहिँड्न सांसदहरुलाई आग्रह समेत गरेका छन् । 

पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्ने उनको भनाइ छ । ‘असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ । पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =