‘छोरा प्रकाशले छोटो उमेरमै ठूल्ठूला योगदान दिए, पूर्णायु बाँचे’

असार १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाश दाहालले छोटो उमेरमा नै राष्ट्रका लागि ठुल्ठुला योगदान दिएको बताएका छन् ।
प्रकाशको ३८ औँ जन्मजयन्तीका अवसरमा उनकै सम्झनामा स्थापित प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रकाशले छोटो उमेरमा नै युद्ध, राजनीति, प्रेम, विवाहका तिता मिठा अनुभव गरी पूर्णायु बाँचेको धारणा राखे ।
null
छोरा प्रकाशको स्मरण गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘प्रकाशले छोटो उमेरमा नै ठुल्ठुला योगदान दिए । ३६ वर्ष अल्प उमेर हो । तर मलाई उनी पूर्णायु बाँचेको जस्तो लाग्छ । छोटै उमेरमा उनले आर्जन गरेको तितो, मिठो अनुभव, सफलता, विफलता, राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवले अल्प आयु बाँच्यो भन्ने लाग्दैन मलाई ।’
प्रकाशले २०६९ जेठमा सगरमाथा आरोहण गरेका थिए। प्रकाशको पर्वतीय गतिविधिबाट प्रेरित भएर प्रतिष्ठानले पर्वतारोहण क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जनालाई सम्मानसमेत गरिएको थियो।








