मन्त्री पण्डितमाथि सार्वजनिक कार्यक्रममै दुर्व्यवहार !

 

असार २७, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि सार्वजनिक कार्यक्रममा नै दुर्व्यवहार भएको छ । 

शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औँ सञ्चालक समितिको बैठकका लागि ललितपुरको जावलाखेल पुगेका पण्डितमाथि दुर्व्यवहार भएकाे हो । लोकसेवा आयोगको विज्ञापनलाई लिएर मन्त्री पण्डितमाथि दुर्व्यवहार भएको हो । 

null

कार्यक्रम स्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले दुर्व्यवहार गरेपछि उनी बैठक नै छोडेर हिँडेका छन् । कार्यक्रममा उनलाई विद्यार्थीको समूहले लोकसेवाको विज्ञापन खारेज गर, राजीनामा दे लगायतको नारा लगाउँदै कालो झण्डा समेत देखाएको बताइएको छ । 

उनलाई अंगरक्षकले जोगाएर मन्त्री क्वाटरमा लगेका थिए । बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेका हुन् । मन्त्रीमाथि दुर्व्यवहार भएपछि बैठक स्थगित गरेको आयोजकले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *