कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्नः दिनभर वीपी, रातभर विप्लव किन ?

 

असार २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रतिको धारणा स्पष्ट पार्न आग्रह गरेका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले दिनभर वीपीको गुनगान गाएर विप्लवलाई किन काखी च्यापेको भन्दै प्रश्न गरे । 

null

‘कांग्रेसले विप्लव समूहको हिंसाको सहारा लिएर सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको छ । हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर वीपी, रातभर विप्लव ? विप्लव समूहलाई किन काखी च्यापेको ? लोकतन्त्रका तारा कता हराए ?’, उनको प्रश्न छ । 

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या घटनामा कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको भन्दै आपत्ति जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =