आइफा अवार्ड सम्पन्न गरेरै छोडिन्छः सञ्चारमन्त्री

असार १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड सम्पन्न गरेरै छोड्ने दाबी गरेका छन् । 

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले खर्च नगर्ने तर आइफा अवार्ड सम्पन्न गरेरै छोड्ने दाबी गरेका हुन् । 

‘यो सरकारको हितमा छ । यसले नेपाललाई घाटा हुँदैन । पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ । पैसा खर्च गरिँदैन । बजेट दिने सोचमा सरकार छैन । तर यो अवार्ड सम्पन्न गरेरै छोडिन्छ । नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि यो अवार्ड आयोजना गर्ने निर्णय गरेको हो,’ उनले भने । 

null

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । 

समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बौंको बजेट दिन लागेको भन्दै आपत्ति जनाए । 

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा सञ्‍चालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पुर्‍यो ? भनि प्रश्न पनि गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =