‘विपतिको घडीमा पनि कांग्रेसले संवेदनशीलता देखाएन’: खड्का
२०७६ असार ३१ गते

असार ३०, काठमाडाैँ । रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।
उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन्‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो । तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं ।’ उनले बाढि, पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन् ।
null
अहिले पनि पीडितहरुमा खानादेखि स्वास्थ्यको गम्भिर समस्या रहेको सुनाउँदै त्यसतर्फ सरकारले पर्याप्त ध्यान दिनुपर्ने उनले सुझाईन् । पीडितहरुको उद्धार, राहत तथा पूननिर्माणमा जुट्नको लागि पनि उनले सबैलाई आग्रह गरिन् ।
२०७६ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








